रौतहटको चन्द्रपुरमा अस्टोन ग्लोवल एजुकेशन कन्सलटेन्सी संचालनमा

0 0
Ads here
Read Time:3 मिनेट, 11 सेकेन्ड

किशोर आत्मन थारू, रौतहट

रौतहट जिल्लाको चन्द्रपुरमा अस्टोन ग्लोवल एजुकेशन कन्सलटेन्सी संचालनमा आएको छ । सरस्वती पुजाको अवसरमा आईतबार एक कार्यक्रमको आयोजना गरि श्री कंकाली माध्यमिक विद्यालय, जंगलसहियाका पूर्व प्रधानाध्यापक तथा समाजसेवी छोटेलाल चौधरीले उक्त कन्सलटेन्सीको उदघाटन गरेका छन ।

cold baat bachau

उच्च शिक्षा अध्ययनका लागि जापान, अस्टे्रलिया, युके लगाएतका देशहरुमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि परिक्षाका तयारी कक्षाहरु तथा अभिमुखिकरण तालिमका लागि अस्टोन ग्लोबल एजुकेशन प्रा. लि.  सञ्चालनमा ल्याईएको हो ।

tamagadhi emergency add

प्रमाण पत्र तहका अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि कुन देश जाने भन्ने अन्योलता रहेको र सही परामर्श केन्द्रको अभावमा राजधानी नै धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले यो कन्सलटेन्सी सञ्चालनमा ल्याएको सञ्चालक ओम किशोर चौधरीले बताए । चौधरीका अनुसार नेपाल र जापान सरकार बिच भएको सम्झौता अनुसार २०१९ देखि दक्ष कामदार भिसामा जापान जान ब्यवस्था रहेकोले उक्त कामदार भिसामा जापान जानका लागि भाषा तथा विभिन्न शिपका तयारी कक्षाहरु संचालन गर्ने उद्देश्यले कन्सलटेन्सी संचालनमा ल्याएको बताए ।

Breast Feeding Ads

उक्त उदघाटन कार्यक्रममा यस्ता किसिमका तालिम तथा परामर्श केन्द्रले गाँउमा रहेका युवाहरुको क्षमता अभिबृद्धि गराउनुका साथै केही सिक्न चहानेहरुका लागि सुनौलो अवसर सिर्जना भएको नेकपा माओवादी केन्द्रका रौतहट जिल्ला सदस्य तथा चन्द्रपुर नगरपालिकाका पुर्वधार विकास समिती संयोजक काजीमान माझीले बताए ।

Kolhabi Ads

त्यस्तै नेकपा एमालेका रौतहट जिल्ला सचिव बालविक्रम कार्कीले उच्च शिक्षा अध्ययनका लागि विभिन्न भाषा तथा प्रशिक्षण लिन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता थियो तर अब त्यसको समाधानका लागि अस्टोन ग्लोबल एजुकेशन जिल्लामा संचालनमा आएकोमा खुशी ब्यक्त गर्दै शुभकामना दिइएका थिए । त्यस्तै शुभकामना दिने क्रममा जनता समाजवादी पार्टीका युवा नेता शेख बद्रुदिनले राम्रो काम गर्दै सबैको मन जित्न सफल होस भनि शुभकामना ब्यक्त गरेका थिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।