बाराको पर्साकट्टी सुरक्षित खानेपानीयुक्त समुदाय घोषित

0 0
Ads here
Read Time:2 मिनेट, 28 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको पर्साकट्टी दोस्रो सुरक्षित खानेपानीयुक्त समुदाय घोषित भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ कट्टीपर्सामा मधेश प्रदेशको तेस्रो तथा बाराको दोस्रो सुरक्षित खानेपानी युक्त समुदाय घोषित गर्दै पर्साकट्टी खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नगरप्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

cold baat bachau

८२ लाख ५६ हजार ८ सय ५७ रुपैया लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । जसमा कलैया उपमहानगरपालिकाले १२ लाख १९ हजार ३९ रुपैयाँ , युनिसेफ , जनजागरण युवा क्लब बाराले ६२ लाख २५ हजार १ सय २४ रुपैयाँ , समुदायले ८ लाख १२ हजार ६ सय ९३ रुपैयाँ योगदान गरेका छन् ।

tamagadhi emergency add

२०१९ जुलाईमा डिजाइन गरिएको आयोजनाको काम ११ फेब्रुअरी २०२० मा शुरु भएको थियो भने १० अप्रिल २०२१ सम्म काम सम्पन्न गर्नुपर्ने थियो । भूमिगत लिफ्ट पद्दती मार्फत जमिन मुनिको पानी ४० हजार लिटर क्षमताको ट्याङकीमा भरेर १८५ घरधुरीलाई वितरण गरिने नगर प्रमुख राजेश राय यादवले बताए ।

Breast Feeding Ads

उक्त स्थानमा हाल १८५ घरधुरी रहेकोमा १४७९ जनसंख्या , एउटा बिधालय , तीन वटा सामुदायिक भवन , १र१ वटा स्वास्थ्य चौकी र मन्दिर रहेको छ । यस भन्दा अघि गत असोज २ गते मधेस प्रदेश का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बारा जिल्लाको प्रथम एवं मधेस प्रदेशको दोस्रो सुरक्षित खानेपानीयुक्त समुदाय बसतपुरलाई घोषणा गरेका थिए । प्रदेश २ मा यसअघि सिराहाको धनगढीमाई नगरपालिकाको दुरविनडाँडा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भइसकेको छ । हटलाईन न्युज

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।