
कोल्हबी ९ स्थित पडरी र श्रीपुरमा अमृत कुमार जि.आर.को पहलले न्यानो कपडा वितरण

चेरवन्त खबर डेस्क
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ९ स्थित पडरी र श्रीपुरमा मनकारी युवा व्यबसायी तथा समाजसेवी अमृत जि. आर. को पहलमा न्यानो कपडा वितरण गरिएको छ ।

छोरीका लागि छोरी संस्था नेपालको सहयोगमा गरिब दलित परिवारका करिब २०० घर परिवारलाई न्यानो कपडा पडरी र श्रीपुरमा वितरण गरिएको हो । चिसो मौसममा दिन प्रती दिन शितलहरको मारमा परेका गरिब तथा अति बिपन्न नागरिकहरुको जिवन अति नै कष्टकर बन्दै गइरहेका कारण आफुले पहल गरेर सो संस्थाको सहयोगमा न्यानो कपडा वितरण गराइएको मनकारी अमृत जि. आरले बताउनु भयो ।

उक्त न्यानो कपडा वितरण कार्यक्रममा सहयोगी भावना बोकेका समाजसेवीहरु रामचन्द्र साफी, वसन्त चौधरी, जयप्रकाश चौधरी, माया जि.आर , हरिओम कुमार साह, दल बहादुर चौधरी, रामबिस्वास मुखिया लगायतको उपस्थिति रहेका थिए ।

