बाराको कलैयामा आज पनि राष्ट्रिय युवा संघको प्रदर्शन

0 0
Ads here
Read Time:1 मिनेट, 51 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सदरमुकाम कलैयामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज पनि विभिन्न माग राख्दै मसाल जुलुस सहित प्रदर्शन गरेका छन् ।

cold baat bachau

राष्ट्रिय युवा संघ नेपाल बाराले बिगत तीन दिन देखि सदरमुकाम कलैयामा प्रदर्शन गर्दै आएका छन् । भौतिक योजना मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति हिंसात्मक द्वन्द बढाउने रहेका कारण राजीनामा माग गर्दै सो प्रदर्शन राष्ट्रिय युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम साहको नेतृत्वमा गरिएको छ ।

tamagadhi emergency add

उक्त प्रदर्शनमा अराजक मन्त्री यादवलाई बर्खास्त गर’, स्थानीय तह चुनाव घोषणा गर’ लगायतका नारा लगाउँदै आज पनि सदरमुकाम कलैयामा प्रदर्शन गरेका हुन् । आज बेलुका निकालिएको मसाल जुलुसमा प्रहरी संग घम्साघम्सी समेत भएको राष्ट्रिय युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम साहले जानकारी गराए ।

Breast Feeding Ads

केहि दिन अघि बलिदानी दिवसको अवसरमा रौतहटमा मन्त्री यादवले गौर नरसंहार दोह्याउने र जनमत पार्टीका अध्यक्ष डा।सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन । राष्ट्रिय युवा संघ बाराले यीनै विषयमा प्रदर्शन गर्दै सदरमुकाम कलैया को भरत चौकमा प्रधानमन्त्री देउवा को पुतला जलाएका थिए ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।