रौतहटमा एमालेका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

0 0
Ads here
Read Time:2 मिनेट, 5 सेकेन्ड

दिपेन्द्र रजक (दिपु)

रौतहटमा नेकपा एमालेका नवनिर्वाचित जिल्ला कमिटी का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । रौहतटको सदरमुकाम गौरमा स्थित एमाले पार्टी कार्यालयमा आइतबार एक कार्यक्रम बीच पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

raining add

गत माघ २ गते कटहरिया सम्पन्न एमाले पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा चुनिएका पदाधिकारीहरुले पदभार ग्रहण गरेको नवनिर्वाचित जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिनुभयो ।

tamagadhi emergency add

पदभार ग्रहण पश्चात् अध्यक्ष साहले अब आफुहरु नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने जनाउँदै नेकपा एमालेलाई अब हुने तिनै तहको निर्वाचनमा जिल्लामा पहिलो पार्टी बनाउने लक्ष्य सहित आफुहरुले काम गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेताहरु अब्दुल कलाम आजाद, उपेन्द्र साह, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल लगायतको उपस्थिति रहेको थियो ।

Breast Feeding Ads

नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटिको सर्वसहमत चयन गरेको थियो । कमिटिको उपाध्यक्षमा दिपक यादव, सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल रहेका छन् ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।