२०७६ चैत्र १ गते तपाइको राशिफल

0 0
Ads here
Read Time:9 मिनेट, 13 सेकेन्ड

वि.सं. २०७६ चैत्र ०१ गते । शनिवार । इ.स.२०२० मार्च १४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु ।

cold baat bachau

ने.सं. ११४० सिल्लागा । चैत्र कृष्णपक्ष । तिथी– पंचमी,१२ बजेर ३० मिनेट उप्रान्त षष्ठी । नक्षत्र– विशाखा,१८ बजेर २० मिनेट उप्रान्त अनुराधा ।

tamagadhi emergency add

योग– हर्षण,२३ बजेर २५ मिनेट उप्रान्त वज्र । करण– तैतिल,१२ बजेर ३० मिनेट उप्रान्त गर,२३ बजेर३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा शुभ योग ।

Breast Feeding Ads

चन्द्रराशि–तुला,मध्यान्ह १२ बजेर ३८ मिनेट उप्रान्त वृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर १६ मिनेटमा, सूर्यास्त १८ बजेर ११ मिनेटमा । दिनमान २९ घडी ४६ पला । चैत्र संक्रान्ति ।

Kolhabi Ads

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

आफन्त तथा सहपाठी हरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पति तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ ।

अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुपमा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रतिस्पर्द्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै विजय भईनेछ । स्कूल,कलेज,बैक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्बन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

विहानको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ । घरजग्गा तथा सवारी साधन सम्बन्धी विवादमा सामेल नहुनुहोला ।

अध्ययनमा मन नजाँदा अरु नै हाबी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफ्नै मिहेनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।

प्रतिस्पर्द्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ ।

नातागोताको सहयोगले शुरु गरेको कामहरु स्वतः स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विहानको समयमा लामो दुरिको यात्रा तथा बिदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानि थप्न सकिनेछ ।

ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ ।

अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तर पनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

शिक्षा क्षेत्रसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यकताहरु पूरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ ।

सानो पैसाबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । विहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु