बिरगंजको नारायणी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

0 0
Ads here
Read Time:1 मिनेट, 29 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बिरगंज स्थित नारायणी अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस महामारीको तेस्रो लहर शुरु भएयता बिरगंजमा यो पहिलो मृत्यु हो ।

raining add

कोरोना संक्रमणबाट मृत्यु भएका ब्याक्ति बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ५० वर्षिय पुरुष रहेको छ । उनको बिहीबार राति पौने १२ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिँहले जानकारी दिनु भयो । उनलाई राति साढे ८ बजे निजी अस्पतालले रिफर गरी नारायणी अस्पताल पठाएको थियो। डाक्टर सिंहका अनुसार उनले कोरोनाको कुनै पनि खोप लगाएका थिएनन् र उनलाई निमोनिया देखिएको थियो।

tamagadhi emergency add

बिहीबार राति नारायणी अस्पतालमा कारोना परिक्षण गर्दा थप ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण भएका मध्ये पर्साका ४३ जना, बाराका ७ जना, रौतहट, महोतरी, काठमाडौं र सिन्धुपाल्चोकका एक एक जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु