सिम्रौनगढका निर्धन लघुबित्तद्वारा बिमाको रकम हस्तान्तरण

0 0
Ads here
Read Time:5 मिनेट, 43 सेकेन्ड

सिकिन्दर साह

निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढ बाराले आफ्नो बित्तिय संस्था संग कारोबार गरेका सिम्रौनगढ न.पा.वार्ड नं. ४ गङ्गानगर टोलका सोना देबीलाई बिमा रकम मृत्युपोरान्त मृत्यु दाबी भुक्तानी गरेको छ ।

cold baat bachau

बिगत २१ बर्ष देखि ग्रामिण क्षेत्रमा महिलाहरुलाई आत्म निर्भर बनाउन आय आर्जन तथा ब्यापार ब्यबसायमा लगानी गर्नमा उत्प्रेरित गर्न समूह जमानीमा लघु कर्जा उपलब्ध गराउदै आएको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड सिम्रौनगढ शाखाले सिम्रौनगढ न।पा।वार्ड नं। ४ गङ्गानगरमा संचालन गर्दै आएको गङ्गानगर महिला समूहका सदस्य स्वर्गिय सोना देबीका श्रीमान पुनित ठाकुर लाई शाखा कार्यालय सिम्रौनगढका शाखा प्रमुख श्री हसमुदिन मियाले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको छ ।

tamagadhi emergency add

गङ्गानगर क महिला समूहका सदस्य सोना देबीले २०७ ६ माघ १४,२०७७ पुस १३ र २०७८ भाद्र २४ मा समूह जमानीमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लि। सिम्रौनगढबाट बिना धितो क्रमशः १ लाख ,१ लाख ३५ र १ लाख रुपैया लिएको कर्जाको रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड संगको बिमा सम्झौता अनुरुप ४ लाख ३५ हजार रुपैया स्वर्गिय सोना देबीका श्रीमान पुनित ठाकुरलाई भुक्तानी दिइएको हो । बिगत २०६९ साल चैत ०१ देखि नियमित रुपमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,सिम्रौनगढ शाखा संग कारोबार गर्दै आउनु भएकी सोना देबीको गत असोज २१ गते निधन भएको थियो ।

Breast Feeding Ads

बिमा रकम प्रदान गर्दै शाखा कार्यालय सिम्रौनगढका शाखा प्रमुख श्री हसमुदिन मियाले निर्धन उत्थान सदैब धन नभएका तर केही गर्छु भनि मनमा योजना र सोंच भएका बिपन्न परिवारको सारथी बन्दै आइरहेको र निर्धनको मुख्य उद्धेश्य भनेको आर्थिक अभावका कारण आय आर्जनका लागि कुनै ब्यापार ब्यबसाय गर्न नसकेका बिपन्न तथा गरिब घर परिवारलाई महिलाहरुको सामुहिक जामनीमा ऋण दिने र समूह र केन्द्रको प्रतक्ष्य निगरानीमा लगानीको सही सदुपयोग भए नभएको अनुगमन गर्दै आएको बताउदै निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लि।मर्दा र पर्दा अर्थात सुख र दुख को साथी भएको बताउनु भएको छ ।

Kolhabi Ads

यसै गरि मृतकका श्रीमान पुनित ठाकुरले जिबन बिमाले अकल्पनिय रुपमा हुने दुर्घनालाई रोक्न त सक्दैन तर दुर्घटनाबाट हुने मानबिय क्षतिको जिम्मेवारी लिने भएकोले सबैले अनिवार्य रुपमा जिवन बिमा गर्नु पर्ने बताउदै निर्धन उत्थान लघुबित्त बित्तिय सन्स्था लिमिटेड,शाखा कार्यालय सिम्रौनगढले अझै बढी जनता माझ सेवा प्रदान गरि प्रगति गर्दै जावोस भनी कामनाका साथ सधै सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

यसै गरि निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड सिम्रौनगढ शाखाका शाखा प्रमुख श्री हसमुदिन मियाले लघुबित्त कर्जाबाट लिएको रकमलाई सही ठाउमा लगानी गर्न सके कुनै पनि सदस्यको आर्थिक रुपमा प्रगति हुने बताउदै ऋण लिने भनेको ब्यापार ब्यबसाय तथा लघु उधम जस्ता कार्यहरुमा लगानी गर्न आर्थिक अभाव भएको बेला हो । ऋण पाइयो भन्दै जथाभाबी नलिएर चाहिएको बेला चाहिएको ऋण लिएर आवस्यक ठाउमा उपयोग गर्न सके मात्र आर्थिक रुपमा र सामाजिक रुपमा प्रगती गर्न सकिने बताउनु भएको छ ।

कार्यक्रममा सिम्रौनगढ न।पा।वार्ड नं। ४ गङ्गानगरकै श्री पारस जी ,गङ्गानगर महिला समूहकी केन्द्र प्रमुख सीता देबी यादव ,स्वर्गिय सोना देबीका श्रीमान पुनित ठाकुरले बोल्नु भएको कार्यक्रममा केन्द्र संचालक श्री दिनानाथ दासको संचालन र गङ्गानगर महिला समूहकी केन्द्र प्रमुख सीता देबी यादवको सभापतित्वमा सिम्रौनगढ न।पा।वार्ड नं. ४ गङ्गानगरमा कार्यक्रम सम्पन्न भएको हो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।