समाजिक अभियन्ता द्वारा मृगौला पिडितलाई दुई लाख सहयोग

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 25 सेकेन्ड
Manakamana Gold

बारा जिल्लाको समाजिक अभियन्ताका युवाहरुले मृर्गौला पिडितलाई नगद रु दुई लाख सहयोग प्रदान गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरका ३२ वर्षीय शिव विहारी रामलाई बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको रोहबरमा शुक्रवार समाजिक अभियन्ता युवाहरुले दुई लाख नगद सहयोग गरे ।
शिव बिहारी राम विगत एक वर्ष देखि दुबै मृर्गौलामा समस्या भएपछि डाइलासिस गराउँदै आएका छन् ।
समाजिक अभियन्ताका युवाहरुले यो भन्दा अगाडी पनि पहिलो पटक ३५ हजार पाँच सय र १० बोरा चामल, दोश्रो पटक १२ हजार छ सय २० र तेश्रो चोटी दुई लाख गरी दुई लाख ४८ हजार एक सय २० रुपैयाँ सहयोग गरेको अभियन्ताका सदस्य सुनिल प्रसाद कुशवाहा, मनोज प्रसाद चौरसिया , प्रेम प्रसाद यादव , मिथलेश सोनार, रबि राज कुशवाहा , बिकास प्रसाद गुप्ताले बताए ।
आफूहरुले स्वदेशमा मात्र होइन विदेशबाट पनि सहयोग लिएर पिडितलाई सहयोग गर्दै आएको जानकारी दिए ।

Novel Corona Ads

रामको आर्थिक अवस्था दयनीय रहेको छ । उनीसँग ऐलानीजग्गामा बनाएको सानो घर बाहेका केही सम्पत्ति छैन ।

नाच गान गरेर आफनो जिविका चलाउँदैै आएको राम विरामी परेपछि उनका श्रीमती अनिता देवी ज्याला मजदुरी गरी हातमुखको समस्या टार्दै आएकी छिन ।

Breast Feeding Ads
Incidents Registration

दाताहरुले दिएको दान र चन्दाबाट नै रामको उपचार गराउँदै आएको उनका श्रीमती अनिताले बताईन ।

उनका दुई छोरा र एक छोरी रहेका छन । उनले सहयोग गर्न चाहानेले श्रीमती अनिता देवी नामको राष्ट्रिय वाणिज्यबैक शाखा कार्यालय कलैया खाता नम्बर १२६००२४७५६१० मा सहयोग गरिदिन आग्रह गरेका छन्। रेडियो बादलबाट सभार

Kolhabi Ads
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु