बारामा बालिकालाई जवर्जस्ती करणी गरी हत्या गर्ने र दशी मेटाउने प्रयास गर्ने अभियुक्त प्रक्राउ

0 0
Ads here
Read Time:3 मिनेट, 43 सेकेन्ड

चेरवन्त खबर डेक्स

आज बाराको आदर्शकोतवाल गाउँपालिकामा बालिका जवर्जस्ती करणी गरि हत्या गर्ने  अभियुक्त र दसी मेटाउन खोज्ने  पर्काउ परेको छ। गाउँपालिका वडा नं ८ को बिन्देश्वर साह कानु को  २० वर्षिय  छोरा संतोष साह कानु लाई पालिकाको वडा नं ७ बस्ने  ९  वर्षिय रुपमाला कुमारी साह लाई करणी गरि हत्या गरेको अभियोग मा र ४० बर्षिय शान्ती देवि लाई दशी मेटाउने प्रयास गरेको अभियोगमा बारा प्रहरीले प्रकाउ गरेको हो ।

cold baat bachau

दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी आदर्श कोतवाल गाउँपालिका वडा नं.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानुको छोरी  ९ बर्षिया रुपमाला कुमारी साह हराई बेपत्ता भएकी र  रुपमाला पुष २७ गते दिउँसो १२:३० बजे  जमुनी खोलामा मृत अवस्थामा फेला परेको
घटना पश्चात बारा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।

tamagadhi emergency add

मृतकको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक  राजेश थापा तथा अनुसन्धान अधिकृत समेतको टोली घटनास्थलमा गई घटनास्थलको अवलोकन गर्दा नाबालिकाको घाटी कसी टाउँको समेतमा प्रहार गरी  मारी फालेको देखिएको थियो त्यस पश्चात्  कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरिएको प्रहरीले जानकारी दिए।

Breast Feeding Ads

घटना अनुसन्धानको लागि  २ नं.प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी.नायव उपरिक्षक. ज्ञान कुमार महतोको कमाण्डमा खटिएको टोली र बारा प्रहरी  कार्यालयका समेतको प्रहरी टोली संयुक्त रूपमा सुक्ष्म अनुसन्धान गरेको थियो ।

Kolhabi Ads

प्रहरीका अनुसार मृतकसँगै बाख्रा चराई रहेका व्यक्तिहरूले मृतक खाने पानी लिन मृतक लाश फेला परेको स्थान नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारम तर्फ गएको त्यस पश्चात फर्कि नआएको ।
सोही दिन उक्त कुखुरा फारममा  संतोष साह कानु बाहेक अन्य व्यक्ति नरहेको भनी बुझिन आए पश्चात कानु लाई नियन्त्रणमा लिई प्रविधिको सहयोगमा सोधपुछ गर्दा मृतक पानी लिन आएको बखत घटना घटाएको भनी स्विकार गरेको छ उक्त अपराधमा प्रतिवादी शान्ति देवीले अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेको भन्दै  प्रतिवादी संतोष साह कानु र शान्ति देवी लाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा  बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी  थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दियो।पक्राउ परेका दुईजना आमा छोरा हुन।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।